टी–ट्वान्टी वरियतामा पारसको स्थान यथावत

डिसी नेपाल
९ असोज २०७६ ११:५१

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको खेलाडीको नयाँ टी–ट्वान्टी वरियतामा नेपालका कप्तान पारस खड्का २७ औं स्थानमा एथावत रहेका छन ।

आईसीसीको नयाँ वरियतामा अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा यथावत रहेका छन् । पारसले ९० रेटिङ अंक पाएका छन् । २ महिना अगाडी उनी २५ औं स्थानमा थिए ।

यसअघि झै पारस वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्ड्या भन्दाअघि रहेका छन् । ब्याटिङतर्फ पारस ६६ औं स्थानमा रहेका छन् ।

पारससँगै सोमपाल कामी र बसन्त रेग्मी बरियतामा छन । जसमा सोमपाल ६७ औं स्थानमा यथावत छन् । उनी न्युजिल्यान्डका टिम साउथी, पाकिस्तानका हसन अली, वेष्ट इण्डिजका सुनील नरिने भन्दा अगाडी छन ।

बलिङको वरियतामा सोमपाल र बसन्त शिर्ष १०० मा छन । सोमपाल एक स्थान झर्दै रहदै ७८ औं स्थानमा छन भने बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा पुगेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *