गोरखा र लमजुङको सीमामा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं । बिहीबार साँझ गोरखा र लमजुङको सीमामा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का गएको छ।
बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का गोरखा र लमजुङ तथा अन्य आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ।
यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।
प्रतिक्रिया
Facebook Comment