राजकुमारी बेट्रिसको इटालियन व्यवसायीसँग बिहे तय

डिसी नेपाल
९ असोज २०७६ २३:२९

लण्डन। बेलायती रानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बेट्रिसको बिहेको तिथि तय गरिएको छ ।

बेलायती राजदरबार बकिङघम प्यालेसमा एडवार्डो मापेल्ली मोज्जीसँग उनको विहे सुनिश्चित गरिएको दरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

दरबारले बिहीबार जारी गरेको वक्तव्यका अनुसार राजदरबारका नयाँ ज्वाँई मोज्जी इटलीका व्यवसायी हुन् । उनको परिवार इटलीमा उच्च बर्गको परिवार मानिन्छ ।

सेप्टेम्बरको पहिलो हप्तामा इटली गएर आएपछि उनीहरुको विहे सुनिश्चित गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरुको विहे आगामी सन् २०२० मा गरिने वक्तव्यमा उल्लेख छ ।

बेलायती युवराज एन्ड्रुकी छोरी बेट्रिस अहिले ३१ बर्ष भएकी छन्। छोरीको विहे हुने निश्चित भएकोमा आपmू प्रशन्न भएको एन्ड्रुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

बिहे गर्न लागेकी राजकुमारी बेट्रिस बेलायती राजगद्दीको उत्तराधिकारी मध्ये नवौँ क्रममा पर्छिन्। रासस/एएफपी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *