कार्बन उत्सर्जन कम गर्न ४२ हजार पुराना सवारी साधन हटाइने

डिसी नेपाल
१० असोज २०७६ ५:४६

तियानजीन । वातावरणप्रति सम्वेदनशील बन्दै चीनको एउटा नगरपालिकाबाट ४२ हजार पुराना सवारी साधन हटाउने निर्णय गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने तियानजीन नगरपालिकामा गत जनवरीदेखि गत अगस्टसम्ममा ती सवारी साधनहरु हटाइएको अधिकारीहरुले जनाएका छन् । सहरको वातावरण संरक्षण गर्न र कार्बन उत्सर्जन न्युनिकरण गर्ने अभियान अन्तर्गत पुराना सवारी साधन विस्थापित गरिएको उनीहरुले विहीबार जानकारी दिएका छन् ।

कुल सवारी साधन मध्ये अहिले १८ प्रतिशत सवारी साधन मात्रै सडकमा गुड्ने गरेको तथ्याङ्क अधिकारीहरूले देखाएका छन् । खराब र धेरै धुवाँ फाल्ने सवारी साधन नियन्त्रण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ भने उनीहरुले सवारी साधनहरु जाँच गर्ने गरेका छन् ।

मापदण्ड पुरा नभएका सवारी साधनहरुलाई उनीहरूले सञ्चालनमा प्रतिबन्ध लगाउने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *