साफ यू–१८ च्याम्पियनसिपः सेमिफाइनल खेलहरु आज

डिसी नेपाल
१० असोज २०७६ ९:०५

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन् ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा शुक्रबार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश तथा दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । भुटान र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल विहान ११ बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पहिलो पटक सेमिफाइनल पुगेको भुटान समूह ए को विजेता बनेको थियो । र, साविकको विजेता नेपाललाई हराउन सफल भुटान उच्च मनोबलका साथ मैदान उत्रने छन् ।

यता, फाइनल पुगेर पनि उपाधि जित्न नसकेको टिम बंगलादेश यो संस्करणमा उपाधि जित्ने लक्ष्य बनाएको थियो । त्यसैले भुटानलाई हराएर बंगलादेश फाइनल पुग्दै उपाधि जित्ने सपना साकार बनाउन चाहन्छ । गोलाप्रथामा अभागी साबित हुँदै समूह बी को उपविजेता बनेको बंगलादेश प्रतियोगिताकै बलियो टिम समेत हो ।

यस्तै भारत र माल्दिभ्सबीचको दोस्रो सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ । र, दुवै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । पहिलो संस्करणमा उपाधि जित्नबाट बन्चित भारत पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । त्यसैले सेमिफाइनलमा भारत माल्दिभ्सलाई हराउँदै फाइनल पुग्न चाहन्छ । समूह बी को समूह विजेता बनेको भारतले उच्च प्रदर्शन समेत गरिरहेको छ ।

यता, पहिलोपटक सेमिफाइनल पुगेको माल्दिभ्स भारतलाई हराएर पहिलोपटक फाइनल पुग्न चाहन्छ । तर, भारतविरुद्ध माल्दिभ्सलाई निकै कठिन चुनौती हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *