आफ्नै ‘घर’मा घेराबन्दीमा परे इमरान खान

डिसी नेपाल
१० असोज २०७६ १०:०५

एजेन्सी। जम्मु कश्मिर मामिलामा विदेशी शक्ति राष्ट्रबाट समर्थन नपाएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान अहिले आफ्नै देशमा पनि घेराबन्दीमा परेका छन् । यसअघि इमरान खानलाई कश्मिर मामिलामा साथ दिँदै आएको पाकिस्तान पिपुल्स पार्टी अहिले भने इमरानको साथबाट पछि हटेको छ ।

अहिले पाकिस्तान पिपुल्स पार्टीले इमरान खानको विदेश यात्रा पाकिस्तानको लागि चिन्ताको विषय भएको भन्दै उनको विदेश यात्रामा रोक लगाउन माग गरेको छ । पिपुल्स पार्टीले इमरान खानको विदेश यात्राले पाकिस्तानलाई नै नोक्सानी भएको ठहर गरेको छ । पिपुल्स पार्टीका सिनेटर मुस्तफा नवाजले बिहीबार इमरान खानले विश्वमा पाकिस्तानको पक्ष राख्नुको सट्टा पाकिस्तानविरुद्ध नै बोलिरहेको र यसले भारतीय मिडियामा पाकिस्तानको मजाक उडाइएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *