आईसीसी र फेसबुकबिच सम्झौता, आईसीसीको डिजिटल पार्टनर बन्यो फेसबुक

डिसी नेपाल
१० असोज २०७६ ११:०८

एजेन्सी । इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय विश्वकपको अपार सफलता पछि फेसबुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग सम्झौता गरेको छ। ४ वर्षको लागि अब फेसबुक आईसीसीको डिजिटल कन्टेन्ट राइट पार्टनर भएको छ।

४ वर्षको लागि गरिएको सम्झौता अनुसार अब फेसबुकमा आईसीसीको प्रतियोगिताको हाइलाइटहरु, खेलसंग सम्बन्धित भिडियोहरु लगायत बिभिन्न भिडियो सामग्रीहरु हेर्न पाइनेछ। आईसीसी र फेसबुकले गरेको सम्झौता पछि अब २०२३ सम्म क्रिकेट फ्यानहरुले फेसबुकको एपमै क्रिकेटको मजा लिन पाउनेछन्।

२०१९ क्रिकेट विश्वकप विश्वमै धेरै हेरिएको प्रतियोगिता मध्ये रहेको थियो। आईसीसीको डिजिटल मध्यमहरुबाट ४.६ बिलियन पटक प्रतियोगिता सम्बन्धित भिडियोहरु हेरिएको थियो।

आगामी ४ वर्षको अवधिमा आईसीसी टि–२० विश्वकप २०२० , टि–२० विश्वकप २०२१ , एकदिवसीय विश्वकप २०२३, टेस्ट च्याम्पियनसिप फाइनल २०२१ र २०२३, महिला टि–२० र एकदिवसीय विश्वकप , टि–२० विश्वकप छनौट, एकदिवसीय विश्वकप छनौट, यु–१९ विश्वकप जस्ता प्रतियोगिताहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *