श्रीमतीको यौनधन्दा, श्रीमान थिए श्रीमतीका दलाल, ९ महिला र ११ पुरुष पक्राउ

डिसी नेपाल
१० असोज २०७६ ११:३०

काठमाडौं। यौनधन्दामा मानिसहरु कतिसम्म लिप्त हुन्छन् भन्ने उदाहरण पछिल्लो समय देखा परेको छ । पहिले पैसा लिएर यौनधन्दा गर्ने र पछि बलात्कारको अभियोग लगाउने धम्की दिएर पैसा असुल्ने गिरोह पक्राउ परेसँगै भारतको मध्य प्रदेशको राजधानी भोपालमा ठूला यौनधन्दाका गिरोहहरु पक्राउ पर्न थालेका छन् । आज तकको समाचार अनुसार पछिल्लो समय भोपाल प्रहरीको क्राइम ब्रान्चले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ ।

भोपालको कोलार इलाकामा एक भाडाको घरमा यौनधन्दा चलिरहेको थियो । यहाँ देह व्यापारको लागि मुम्बइ, नागपुरसहित कैयौं शहरबाट कलगर्लहरु बोलाइन्थ्यो । देह व्यापारको अड्डामा छापा मार्दा बरामद भएका सामानको जाँच भइरहेको छ । दानिशकुंजको डीके ५–१५ नम्बरको घरमा लामो समयदेखि शंकास्पद गतिविधि भइरहेको पुलिसले सूचना पाएको थियो । यो घर यो गिरोहका नाइकेले भाडामा लिएकी थिइन् । कलगर्ल र ग्राहक आउने जाने गरेको विषयमा सोध्दा उनी घरमा पाहुनाहरु आइरहने बताउँथिन् ।

निशातपुरा पुलिसले यस्तै गतिविधिमा दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको थियो । सोधपुछमा उनीहरुले दिएको सूचनाका आधारमा घरमा छापा मारिएको थियो । घरबाट पुलिसले ९ महिला र ११ पुरुषलाई पक्राउ गरेको छ । यीमध्ये ३ महिला आफ्ना बच्चासहित थिए । ३ महिला यस्ता पनि छन् जसका श्रीमान नै उनीहरुका दलाल हुन् । यीमध्ये ९ जना कलगर्ल, ८ जना ग्राहक हुन् । ३ पुरुष कलगर्लका दलाल हुन् जो ती कलगर्लकै श्रीमान हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *