साफ यू–१८ : उपाधिका लागि भारत र बंगलादेश भिड्ने

डिसी नेपाल
१० असोज २०७६ १९:३९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपालमा जारी साफ यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बंगलादेश र भारत आमने–सामने हुने भएका छन् ।

हलचोक स्थित एपिएफ क्लबको मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ४–० र भारतले माल्दिभ्सलाई पनि समान ४–० ले नै पराजित गर्दा उपाधि भिड्ने टोलीको टुङ्गो लागेको हो । उपाधिको छिनोफानो आइतबार लाग्नेछ । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि आइतबार सेमिफाइनलमा पराजित भएका टोलीद्वय भुटान र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम, मिराज हुसेन र दिपक रोयले एक÷एक गोल गरे । भुटानविरुद्ध खेलको १६ औं मिनेटमा तानबिरले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाए । २७ औं मिनेटमा फाहिमले गोल गर्दै अग्रता दोब्बर बनाउँदा ३२ औं मिनेटमा मिराजले गोल गर्दै अग्रता ३–० पु¥याए ।

पहिलो हाफमा ३–० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफको इन्जुरी समयमा दिपकको गोलबाट जित सुनिश्चत ग¥यो । यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल ग¥यो । भारतको जितमा दिलाउन नरेन्द्रर, मानबिर सिंह र निन्थोईनगान्बाले एक÷एक गोल गर्दा एक गोल भने उपहार पायो ।

यस अघि सम्पन्न दुई संसकरणको उपाधि विजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *