पहिलो खेलमा जित नजिक नेपाल (लाईभ भिडियो)

डिसी नेपाल
१० असोज २०७६ १९:५५

काठमाडौं। शुक्रबार सिंगापुरमा शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जित नजिक पुगेको छ। पहिला ब्याटिंग गर्दै नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ११ ओभर खेल्दा महत्वपूर्ण ५ विकेट गुमाएपछि नेपालले खेलमा आफ्नो दबाब बनाएको हो।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिए। एक विकेट भने दिपेन्द्र सिंह ऐरीको सिधा थ्रोमा नेपालले प्राप्त गरेको हो।

यो समाचार तयार पार्दासम्म जिम्बाबेले १२ ओभरमा ५ विकेट गुमाएर ७२ रन बनाएको छ। उसलाई जितका लागि अझै ४८ बलमा ६१ रन आवश्यक छ।

नेपालले यसअघि ६ विकेटमा १३२ रन बनाएको थियो। सोमपाल कामीले ३ छक्का प्रहार गरेर १४ बलमा २५ रन बनाएपछि नेपाले चुनौतीपूर्ण स्कोर बनाएको थियो।

सिरिजमा घरेलु टिम सिंगापुर पनि छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *