दक्षिण आफ्रिकाका पूर्व अलराउण्डर क्लूजनर अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त

डिसी नेपाल
११ असोज २०७६ १०:३४

काठमाडौँ । दक्षिण अफ्रिकाका पुर्व अलराउन्डर लान्स क्लूजनर अफगानिस्तान क्रिकेटको नयाँ प्रमुख कोच नियुक्त भएका छन् । यस अघि प्रमुख कोच रहेका फिल सिमन्सको कार्यकाल सकिएपछि अब क्लूजनरले अफगानिस्तान क्रिकेटको कोचिंग सम्हाल्ने भएका हुन् ।

सिमन्सले अफगानिस्तानलाई १८ महिना कोचिंग गरेका थिए । विश्वकपमा सिमन्सकै नेतृत्वमा खेलेको अफगानिस्तानले कुनै खेल जित्न सकेको थिएन । अफगानिस्तानले कोचका लागि गरेको आवेदनमा ५० उम्मेदवारले आवेदन दिएको भएपनि अफगानिस्तान क्रिकेट बोर्डले क्लूजनरलाई छानेको बताइएको छ ।

टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट २००४ मा सन्यास लिएका क्लूजनरले टी-२० क्रिकेट भने २०१० सम्म खेलेका थिए । ४८ बर्षिय क्लूजनरले दक्षिण अफ्रीकाबाट ४९ टेस्ट खेल्दै ८० विकेट लिएका छन् भने १९०६ रन समेत बनाएका छन् । त्यस्तै १७१ एकदिवसीय खेलमा ३५७६ रन र १९२ विकेट लिएका छन् ।

क्लूजनरसँग यस अघि २०१६ मा जिम्बाबेको ब्याटिंग कोच बनेको अनुभव रहेको छ भने दक्षिण अफ्रीकाकै क्लब डल्फिनको २०१२ देखि २०१६ सम्म कोच रहेको अनुभव रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *