संघ भित्रको सबै काम पारदर्शी ढंगले गर्छु : चतुरबहादुर चन्द
काठमाडौं । नवनिर्वाचित अध्यक्ष चन्दको भनाइ नेपाल क्रिकेट संघका नव निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले संघ भित्रको सबै काम पारदर्शी ढंगले गर्ने बताएका छन्।
शनिवार भएको क्यानको निर्वाचनमा बिजयी भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै अध्यक्ष चन्दले नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडी बढ्ने बताएका हुन्।
नेपालीहरुमा नेपाली क्रिकेट खेलाडीसँग धेरै ठूलो अपेक्षा रहेको भन्दै अध्यक्ष चन्दले क्रिकेटको विकासलाई नयाँ तरिकाले गति दिन आवश्यक रहेको बताए। आफ्नो कार्यकालमा क्यान भित्रको सबै कामलाई पारदर्शी बनाउन पहिलो दिनदेखि लाग्ने प्रतिबद्धता व्यक्त गरे।
संघले नेपालले पाएको एकदिवसीय मान्यतालाई अधिकतम सदुपयोग आन्तरिक प्रतियोगिता बढाउने, प्रादेशिक र जिल्लास्तरका प्रतियोगिता गराउने योजना बनाउने बताए। आईसीसीले दिएको रोडम्याप अनुसार क्रिकेट संघले काम गरेको र विवाद समेत नरहेको भन्दै अध्यक्ष चन्दले निलम्बन चाडै फुकुवा हुने बताए।
आगामी अक्टोबर १३ मा बस्ने आइसीसीको बैठकले नेपाली क्रिकेटलाई सुखद समाचार दिने विश्वस पनि व्यक्त गरे। अध्यक्ष चन्दले निलम्बन फुकुवासंगै यसै वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने योजना नयाँ कार्यसमितिको रहेको पनि बताए।
Facebook Comment