नेपाललाई १५२ रनको लक्ष्य (लाईभ भिडियो)

डिसी नेपाल
११ असोज २०७६ १८:५४

काठमाडौं। सिंगापुरमा जारी त्रिकोणीय टि ट्वान्टी सिरिजको दोस्रो खेलमा शनिबार सिंगापुरविरुद्ध नेपालले रनको लक्ष्य पाएको छ। टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३ विकेटमा १५१ रन बनायो। उसका लागि कप्तान टिम डेबिडले सर्वाधिक ६४ रन बनाए। यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए । अलराउण्डर जनक प्रकाशले २५ रन बनाए।

२२ रनको स्कोरमा पहिलो विकेट गुमाएको सिंगापुरले दोस्रो विकेट ५७ रनमा गुमाएको थियो। तेस्रो विकेट उसले १०२ रनको स्कोरमा गुमाएको थियो।
नेपालका लागि सबैभन्दा सफल बलर करण केसी रहे। उनले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए। राष्ट्रिय टिमबाट डेब्यू गरेका सुशान भारीले ४ ओभरमा २७ रन दिएर १ विकेट लिए।

सन्दीप लामिछाने र अभिनाश बोहोराले विकेट नलिए पनि निकै कसिलो बलिंग गरे। लामिछानेले ४ ओभरमा १८ रनमात्र दिए भने बोहोराले ३ ओभरमा १६ रन दिए।

शनिबार सोमपाल कामी भने निकै महंगो सावित भए। उनले ४ ओभरमा ४१ रन दिए। जवाफी ब्याटिंगका लागि नेपाल केही समयपछि मैदानमा आउने छ।

पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *