दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली

डिसी नेपाल
१२ असोज २०७६ ०:४८

डोटी । दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।

असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दशैँको रौनकसँगै चहलपहल बढेको छ ।

रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका यहाँका स्थानीय दशैँ मनाउन घर फर्किन थालेपछि अहिले डोटीलगायत यहाँका विभिन्न जिल्लाका गाउँ घरमा निकै चहालपहल तथा रमाइलो छाउन थालेको बडीकेदार गाउँपालिकाका–१ का स्थानीय प्रकाशबहादुरले बताए।

उनले भने, “पहिले गाउँमा प्राय सुनसान थियो । अहिले दशैँ मनाउन सबै गाउँ फर्किन थालेपछि गाउँमा निकै रमाइलो हुन थालेको छ ।” कामका लागि भारत गएकाहरू गाउँघरमा फर्किन थालेपछि अहिले यहाँका गाउँघरमा व्यापार व्यवसाय पनि फष्टाउन थालेको स्थानियवासी बताउँछन् । अहिले यहाँका जिल्ला सदरमुकामभन्दा पनि गाउँघरका पसलमा बढी व्यापार व्यवसाय हुन थालेको केआईसिंह गाउँपालिका काफलीका स्थानीय व्यापारी जहरसिंह खवारले बताए।

उनले भने, “दशैँ, तिहारमा प्रायः पैसा नभएको त कोही हँुदैन् तै पनि रोजगारीबाट फर्किएकाले बढी सरसामान किन्ने हुँदा यहाँको व्यापार व्यवसाय एकाएक फष्टाएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *