मेरो नेपाल कप फुटबल प्रतियोगिता कात्तिक ३ देखि हुने

डिसी नेपाल
१२ असोज २०७६ ६:१४

पोखरा । पोखरामा आगामी कात्तिक पहिलो हप्तादेखि पाँचौँ संस्करणको मेरो नेपाल कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।

देशलाई चाहिने राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेरो नेपाल युवा क्लब पोखरा–१४ को आयोजनामा हुने प्रतियोगिता कात्तिक ३ देखि ८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिए ।

यसअघि असोज १० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि प्राविधिक कारणले पछि सार्नुपरेको क्लबको भनाइ छ।

प्रतियोगितामा पहिलो हुने टिमले रु एक लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले रु ७५ हजार ५५५ ट्रफी, मेडल प्रमाणपत्र बताइन्छ।

सेमिफाइनलमा प्रवेश गरेका दुई टिमले रु १० हजारको पुरस्कार पाउनेछन् भने अनुशासित टिमले रु सात हजार तथा प्रमाणपत्र पाउने कुँवरले जानकारी दिए ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले रु सात हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्ताले जनही रु पाँच हजार र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा ४० टिम सहभागी हुने बताइन्छ। प्रतियोगिताबाट बचत भएको रकमले सामुदायिक व्यायामशाला निर्माण गर्ने योजना अघि सारिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *