रोनाल्डोको गोलमा युभेन्ट्स विजयी
एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मिरालिम पाजनिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको ४५ औं मिनेटमा पाजनिकले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० ले जित दिलाए ।
युभेन्ट्सले ६ खेलबाट १६ अंक जोडेको छ।एसपीएएलको ६ खेलमा ३ अंक छ । र, एसपीएएल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment