लिभरपुल अपराजित

डिसी नेपाल
१२ असोज २०७६ ७:०३

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको खेलमा सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले पराजित यात्रा कायम राखेको हो ।

लिभरपुलको जितमा जर्जिनियो विज्नाल्डमले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

जितसँगै लिभरपुलले ७ खेलबाट २१ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा यथावत रहेका छन् । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ८ अंकले अघि रहेको छ । सेफिल्डले ७ खेलबाट ८ अंक जोडेको छ । सेफिल्ड दशौँ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *