सिटीको सहज जित

डिसी नेपाल
१२ असोज २०७६ ७:५८

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ गोल अन्तरले पराजित गर्यो ।

सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने सिटीले दुई गोल गर्यो । खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २(१ को अग्रता दिलाए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २१ अंक रहेको छ । एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ । एभर्टन १५ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *