रियल र एट्लेटिको बिचको खेल बराबरी

डिसी नेपाल
१२ असोज २०७६ १०:०३

एजेन्सी । स्पेनिस लिगमा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

रियल अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ । एट्लेटिकोको मैदानमा रियल राम्रो लयमा देखिएपनि गोल गर्न भने सकेन । रियल घरेलु लिगमा भने अपराजित रहन सफल भएको छ ।

प्रि–सिजन खेलमा एट्लेटिकोले रियललाई ७–१ ले हराएको थियो । तर शनिबार पहिलो हाफमा एट्लेटिकोले दुई प्रहार मात्र रियलको पोस्टमामा थियो । ग्यारेथ वेलले रियललाई अग्रता दिलाउने मौका पाएका थिए । तर नाचो उपलब्ध गराएको क्रसमा उनको प्रहार पोस्टबार हुदै बाहिरिएको थियो ।

अन्तिम समयमा करिम बेन्जिमाको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान ओबलाकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई बराबरीमा रोक्न सफल भएको थिए । बराबरीसंगै एट्लेटिको समेत बार्सिलोनालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियलको १५ अंक छ । तेस्रो स्थानको एट्लेटिकोको १४ अंक छ । बार्सिलोना १३ अंक सहित चौथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *