घरेलु मैदानमा बराबरीमा रोकियो डर्टमण्ड

डिसी नेपाल
१२ असोज २०७६ १०:३४

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधि दाबेदार क्लब बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ।शनिबार राति भएको खेलमा डर्टमण्ड वेर्डर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

डर्टमण्डको घरेलु मैदानमा खेलको सातौं मिलोट राशिकाले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा मारियो गोट्जेले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।

खेलको ४१ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २–१ को अग्रता दिलाए । तर, खेलको ५५ औं मिनेटमा ब्रेमेनका मार्को फ्रेड्लले गोल गर्दा डर्टमण्ड २–२ गोलको बराबरीमा रोकियो ।

बराबरीसँगै डर्टमण्डले ६ खेलबाट ११ अंक जोडेको छ । डर्टमण्ड सातौं स्थानमा छ । ब्रेमेन ७ अंक जोडेर दशौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *