इटालियन क्लब रोमाले लगायो एक समर्थकलाई आजीवन प्रतिबन्ध
एजेन्सी । इटालियन क्लब रोमाले आफ्ना एक समर्थकलाई आजीवन प्रतिबन्ध लगाएको छ ।
आफ्ना खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार गरेको भन्दै रोमाले आन्द्रिया नाम गरेको एक समर्थकलाई प्रतिबन्ध गरेको हो । रोमाले ब्राजिलियन डिफेण्डर जुआन जेसिसमाथि सामाजिक सञ्जालबाट दुर्व्यवहार गरेको कारण प्रतिबन्ध गरेको जनाएको छ ।
रोमाले जेसिसलाई दुर्व्यवहार गर्ने व्यक्तिको इन्टाग्राम सन्देश र डिटेल सार्वजनिक गर्दै उनलाई कारबाही गरिएको बताएको छ । रोमाले इटालियन प्रहरीमा उजुरी दिएको समेत जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment