त्रिकोणात्मक सिरिजः सिंंगापुर र जिम्बावेबिच खेल हुने

डिसी नेपाल
१२ असोज २०७६ १२:०६

काठमाडौं । नेपाल सहितको त्रिकोणात्मक सिरिजमा आज सिंगापुर र जिम्बावे भिड्दैछन् ।

घरेलु टोली सिंगापुरले दोस्रो खेलमा जिम्बावेसंग खेल्न लागेको हो । इन्डियन एसोसियसन मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ५ बजे सुरु हुनेछ ।

आज हुने खेलमा जिम्बावे जितको यात्रालाई सिरिजमा निरन्तरता दिन चाहन्छ । सिंगापुर भने पहिलो जितको खोजीमा हुनेछ। सिरिजमा अघि बढ्न सिंगापुरलाई जित समेत आवश्यक छ ।

जिम्बावेले पहिलो खेलमा नेपाललाई ५ विकेटले हराएको थियो । सिंगापुर भने पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको थियो ।

सिरिजमा शीर्ष स्थानको जिम्बावेको एक खेलबाट २ अंक छ । नेपाल दुई खेलबाट समान २ अंक जोड्दै दोस्रो स्थानमा छ । सिंगापुर एक खेलबाट अंक विहिन हुदै पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *