नेपाली दूतावास जेद्दाका नवनियुक्त वाणिज्यदूत पौडेललाई स्वागत
![नेपाली दूतावास जेद्दाका नवनियुक्त वाणिज्यदूत पौडेललाई स्वागत](https://www.dcnepal.com/wp-content/uploads/2019/09/71014838_1029240104073994_8871868288397737984_n.jpg)
जेद्दा, साउदी । नेपाली महावाणिज्य दूतावास जेद्दाका लागि नवनियुक्त वाणिज्यदूत भुवन पौडेललाई स्वागत गरिएको छ । गत शुक्रबार गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्दालगायत तमु धि जेद्दा, आदिवासी जनजाति महासंघ क्षेत्रीय समिति, नेपाली तामाङ घेदुंग , नेपाली सेवा समाज, युवा क्लब , किरात राई ययाख्य र हेल्प मधेसी साउदी अरबले संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गर्दे स्वागत गरेका हुन्।
यस अघिका वाणिज्यदूत मनहरी दँगाली आफ्नो चार वर्षको कार्यकाल सकेर नेपाल फर्के लगत्तै उनको ठाउँमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले भुवन पौडेललाई नियुक्ति गरेको थियो । पौडेल गत आइतबारदेखि जेद्दा महावाणिज्य दुतावासमा हाजिरी भएका थिए।
जेद्दाका अग्रज समाजसेवी पूर्ण बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कार्यवाह महावाणिज्यदूत रेवतीरमण पौडेल थिए भने अतिथिहरूमा श्रमसहचरी राजु कुँवर, सहवाणिज्यदूत झुपलाल पुन, गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषदका बरिष्ठ उपाध्यक्ष ध्रुव रिजाल, एनआरएनए आरसीसी पूर्व अध्यक्ष भीम गुरुङ, एनआरएनए वर्तमान अध्यक्ष राज कुमार गिरी सल्लाहकार समाजसेवी रामराधा घिमिरे, आदिवासी जनजाति महासंघ साउदी अरबका उपाध्यक्ष बाल कुमार राई, नेपाल तामाङ घेदुंग जेद्दाका अध्यक्ष दिल बहादुर थिङ तमु धि जेद्दाका अध्यक्ष वेद कुमार गुरुङ, नेपाली सेवा समाज जेद्दाका अध्यक्ष दिनेश क्षेत्री, आदिवासी जनजाति महासंघ जेद्दाका अध्यक्ष निमा साङ्गे शेर्पा, नेपाली युवा क्लबका संरक्षक दुर्गा बिक सल्लाहकार नर कुमार मगर, किरात राई ययाख्या जेद्दाका अध्यक्ष मनोज राई र हेल्प मधेसी जेद्दाका अध्यक्ष मुनिर रैन रहेका थिए।
कार्यक्रममा महावाणिज्य दूतावासका स्थानीय कर्मचारी दिनेश पण्डित, सौकत अलि, निर गुरुङ, राजु बाँस्कोटा, महम्मद अतुल्लाह साथै जेद्दा आसपासमा कार्यरत नेपालीहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दिउँसो २ बजेदेखि सुरु भएको कार्यक्रम एनआरएनए आरसीसी जेद्दाका पूर्व अध्यक्ष भिम गुरुङले आफ्नो स्वागत मन्तव्यबाट उपस्थित सबैलाई स्वगत गरेका थिए ।
मन्तव्यको क्रममा कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले जेद्दा महावाणिज्य दुतावासले गरेका महत्वपूर्ण प्रतिनिधिमूलक केही उद्धार तथा श्रमिक सम्बन्धी गतिविधिको बारेमा जानकारी गराए । त्यस्तै उनले समग्र महावाणिज्य दुतावास श्रमिक हकहितमा समर्पित रहेको भन्दै नवनियुक्त वाणिज्यदूत भुवन पौडेलको आगमनले थप उर्जा दिएको बताउँदै उनलाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
आफनो भनाइ राख्दै नवनियुक्त वाणिज्यदूत भुवन पौडेलले महावाणिज्य दुतावास जेद्दाले अवलम्बन गर्दै आइरहेको नीतिलाइ अझ परिस्कृत गर्दै जाने र यस क्षेत्रमा रहेकका सम्पूर्ण संघ संस्था संग समन्वय, सहकार्य गर्दै श्रमिक हकहितको लागि सदैव सक्रिय रहने र श्रमिकहरुको सम्पर्कको निम्ति अझ सहज वातावरण बनाउने बताउँदै नेपाल र साउदीबीच थप आर्थिक कूटनीतिकलाई ९व्यापार विजनेस० पनि प्राथमिकतामा राखी आफुहरु अगाडी बढ्ने प्रतिबद्धता गरेका थिए।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति पूर्ण बहादुर कार्कीले उपस्थित सम्पूर्णलाइ धन्यवाद साथै नवनियुक्त वाणिज्यदूतलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गरे । उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषदका कोषाध्यक्ष सन्तोष लुइँटेलले संचालन गरेका थिए ।
Facebook Comment