साफ यू–१८ फुटबलः माल्दिभ्स तेस्रो

डिसी नेपाल
१२ असोज २०७६ १३:०२

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भएको छ ।

तेस्रो स्थानको लागि आइतबार भएको खेलमा भुटानलाई १–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्स तेस्रो भएको हो । यसअघि सेमिफाइनलमा माल्दिभ्स भारत र भुटान बंगलादेशसँग पराजित भएको थियो ।

प्रतियोगिताको उपाधिका लागि भने भारत र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने फाइनल २ः३० मा सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *