चार दिनमा ६० हजारले अवलोकन गरे फेस्टिवल मार्केट, सोमबार सकिँदै

डिसी नेपाल
१२ असोज २०७६ १८:४०

काठमाडौं । दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै राजधानीको भृकुटीण्डपमा फेस्टिवल जारी फेस्टिवल शपिगं मार्केटमा सेवाग्राहीको घुइँचो लागेको छ।

चाडपर्वको समयमा एकै स्थानमा सस्तो मूल्यमा सामान किन्न पाइने भएकाले सेवाग्राहीको घुइँचो लागेको हो।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालित मार्केट चार दिनमा ६० हजारले अवलोकन गरेका छन्। इभेण्ट सोलुसन प्रलिका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार पहिलो दिनमा ११ हजारले अवलोकन गरेको मार्केट दोस्रो दिन १३ हजारले अवलोकन गरेका थिए। त्यसपछिका दिनमा विदा परेकाले शनिबार २१ हजार तथा आइतबार १५ हजारले मेला अवलोकन गरेका छन्।

‘बजारमाभन्दा सस्तो मूल्यमा हरेक किसिमका सामान उपलब्ध भएकाले मेलामा ग्राहकको घुइँचो लागेको हो। यसले हामीलाई उत्साहित बनाएको छ ।’ प्रधानले भने।

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सुरु भएको फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु छन् ।

फेस्टिवल मार्केट अवलोकन गर्न आउने तथा सामान किन्नेहरुलाई उपहार प्रदान गरिनेछ । दैनिक रुपमा आकर्षक उपहार बितरण गरिनुका साथै बम्पर उपहारमा एक जनालाई मोटरसाइकल प्रदान गरिनेछ । मोटरसाइकलको लक्की ड्र सोमबार साँझ गरिने इभेण्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहेको छ । एक्स्पोमा सुजल फुड्स अन्तरगतको सफल डेरीका सुजल ब्राण्डका उत्पादनको विशेष कारोबार भएको बताइएको छ ।

मार्केटलाई काठमाण्डौं उद्योग वाणिज्य संघ, ललिपुर उद्योग वाणिज्य र भक्तपुर उद्योग वाणिज्य संघले प्रवद्धन गरेका छन्। असोज ९ गतेदेखि सञ्चालन भईरहेको फेस्टिवल सपिंग मार्केट सोमबार सकिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *