थाइल्याण्डमा विद्यार्थी बोकेको ट्रक पल्टिँदा १३ को मृत्यु

डिसी नेपाल
१३ असोज २०७६ ६:०३

थाइल्याण्ड । थाइल्याण्डमा एउटा ‘पिक–अप ट्रक’ ले सडकको मार्ग परिवर्तन गर्ने क्रममा उक्त ट्रकमा यात्रा गरिरहेका अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको राजधानी बैंककमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सीसीटीभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखाइएको छ।

प्रहरी अधिकृत सामरान चाइताओले एएफपीलाई बताए, “आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।”

मृतकमध्ये नौ जना कलेजस्तरका विद्यार्थी रहेका र उनीहरूले स्थानीय एक कम्पनीमा प्राविधिक तालीम लिएर घर फर्कँदै रहेको बुझिएको छ। दुर्घटनामा घाइते भएका अन्य पाँचमध्ये दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको सामरानले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार थाइल्याण्डमा हरेक एक लाख व्यक्तिमध्ये ३२ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ। यो अमेरिकाको तुलनामा दोब्बरभन्दा बढी हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *