दश खेलाडीमा सीमित लेस्टरले हान्याे पाँच गाेल

डिसी नेपाल
१३ असोज २०७६ ७:४०

एजेन्सी। जेमी भार्डीको दुई गोलको सहयोगमा प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले प्रभावशाली जित निकालेको छ । आईतबार राति भएको खेलमा लेस्टरले घरेलु मैदानमा न्युक्यासल युनाईटेडलाई ५–० गोल अन्तरले हराएको हो ।

खेलमा अग्रता लेस्टरले १६ औ मिनेटमा रिकार्डो परेराको गोलबाट लिएको थियो । भार्डीले ५४ औ मिनेटमा लेस्टरको अग्रता दोब्बर पारेका थिए ।

डममेटले ५७ औ मिनेटमा आत्मघाति गोल गरेपछि लेस्टर खेलमा ३–० ले अगाडी बढेको थियो । ६४ औ मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ४–० ले अघि बढाए ।

खेलको अन्तिम मिनेटमा एनडीडीले गोल गर्दै लेस्टरलाई प्रभावशाली जित दिलाए ।

४३ औ मिनेटमा हेडेन रातो कार्ड खादै मैदान बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो ।

जितपछि लेस्टर दोस्रो स्थानको म्यानचेष्टर सिटी भन्दा २ अंकले पछाडी रह्यो । लिगको तेस्रो स्थानमा रहेको लेस्टरको ७ खेलबाट १४ अंक छ । न्युक्यासल ५ अंक सहित तालिकाको रेलिगेशन जोनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *