…मोदी पनि खुशी र इमरान पनि खुशी

डिसी नेपाल
१३ असोज २०७६ १०:१५

बीबीसी। शनिबार अमेरिकाबाट फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीमा भव्य स्वागत गरियो। आइतबार अमेरिकाबाट फर्किएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई इस्लामावादबासीले भव्य स्वागत गरे।

मोदी पनि खुशी। इमरान पनि खुशी र उनीहरुका समर्थक त झन धेरै खुशी। भारतीय जनताका लागि अमेरिकबाट एक हाउडी मोदीको उपहार ल्याए भने, दोस्रो सँयुक्त राष्ट्रमा आफ्नो कश्मीरवाला विचारलाई पाकेटमा राखेर आए।

दुवै तर्फबाट के दाबी गरियो भने हाम्रा नेताले जिते। तर के जिते भन्ने थाहा छैन। मात्र जिते। भारतीय टिभी च्यानल हेर्दा के लाग्यो भने विश्वमा हाउडी मोदी भन्दा अन्य केही कुराको पनि चर्चा भएको छैन।

यो पटक मोदीले अमेरिका र संयुक्त राष्ट्र संघमा मोदीले त्यस्तो काम गरेर देखाए जो नेहरुदेखि मनमोहन सिंहसम्मले गर्न सकेका थिएनन्।

नेहरुले त्यस्तो के गर्न सकेनन् जो मोदीले गरेर देखाए, यसको उत्तर कसैले दिइरहेको छैन। मात्र गरे भनिएको छ। मात्र भयो, यो काफी छैन?

यस्तै अवस्था पाकिस्तानी गोदी मिडियाको पनि छ। सय मध्ये ९५ च्यानल खोल्दा थाहा हुन्छ कि कश्मिर विषय इमरान खानले पूरै विश्वलाई सम्झाउन सफल भए। इमरानले जे गरे त्यो जिन्ना देखि लिएर नवाज शरिफसम्मले बुझाउन सकेनन्।

यस्तो के नयाँ गरे इमरान खानले जो लियाकत अली खानले भारतलाई देखाउने मुक्का र जुल्फिकार अली भुट्टोको हजारौं वर्षसम्म युद्ध लड्ने नारा पनि सम्झिन सकेनन्।मात्र सम्झाए, सम्झाए, अरु सबै बेकार हुन्।

दुवैतर्फ जित जस्तै गरी मादी र इमरान खानका मन्त्री, समर्थक र उफ्रिइ उफ्रिइ सलाम गर्ने मिडिया पानीमा मदानी चलाएर मोही पार्ने कोशिश गरिरहेका छन्।

यसमा मलाइ के सम्झना भइरहेको छ भने जब एक जना विज्ञानको शिक्षकले बच्चासँग भने–भोलि सबै बच्चाले कुनै न कुनै अद्भुत चिज बनाएर लाउनेछन्।’

भोलिपल्ट एक बच्चाले शिक्षकको चप्पल बनाएर ल्याए। अर्को बच्चाले फुटेको बल्भबाट गान्धीजीको तस्वीर बनाएर ल्याए। अर्को बच्चाले कागजको रकेट बनाएर ल्याए। यी सबैको निकै तारिफ भयो।

अर्को बच्चा कुनामा बसेका थिए। शिक्षकले सोधे–तिमीले के बनाएर ल्यायौ?’ उसले काठको सानो पांग्रो निकालेर अगाडि राख्यो।

शिक्षले सोधे–यसमा के अद्भुत छ?यस्तो पांग्रो त आठ हजार वर्ष पहिला नै हामी सबैले देखेकै हौं नी।’ बच्चाले तत्काल जवाफ दिए–तपाइँले आठ हजार वर्ष पहिला देख्नु भएको होला। तर यो पांग्रा म आफैंले बनाएको हो।’

लडे होलान् जिन्नादेखि जवाफसम्म सबैले कश्मिरका विषयमा लडे होलान्, तर यो मुद्दामा इमरान खान त पहिलो पटक लडेका होलान् नी।

भयो होला नेहरुको पनि भव्य स्वागत अमेरिकामा, तर मोदीको स्वागत त पहिलो पटक भएको होनी। यही भएर मोदीको वाह वाह भइरहेको छ। यो डाइलग त तपाइँहरु सबैले सुन्नु नै भएको होला, जहाँ हामी उभिन्छौं, लाइन त्यहीँबाट सुरु हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *