सन्दिप लामिछाने आबद्ध बार्बाडोस सिपिएलको प्लेअफमा, प्लेअफ खेल्न सन्दिप जान सक्छन्

डिसी नेपाल
१३ असोज २०७६ १०:३८

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टसले सेन्ट लुसिया जोउक्समाथि जित हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट लुसियालाई २४ रनले पराजित गरेको हो ।

बार्बाडोस नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध टिम हो । अहिले सन्दिप सिपिएल खेलिरहेका छैनन् । उनी सिंगापुरमा त्रिकोणीय सिरिज खेल्दैछन् । त्रिकोणीय सिरिजमा नेपालले अन्तिम खेल सिंगापुरविरुद्ध २ अक्टोबरमा खेल्नेछ , उता सिपिएलको प्लेअफका खेल ६ अक्टोबरबाट हुने भएकोले सन्दिप प्लेअफ खेल्न जाने सम्भावना छ । यस विषयमा सन्दिप भने केही बोलेका छैनन् ।

१४२ रनको लक्ष्य पाएको सेन्ट लुसिया १८.४ ओभरमा ११७ रन बनाउदा अलआउट भएको थियो । सेन्ट लुसियाका लागि कोलिन इन्ग्रामले सर्वाधिक २५ रन बनाए भने हार्डस भिलजोएनले २२, कोलिन डि ग्राण्डहोमले २१, रह्कीम कोर्नवालले १९ रन बनाए । सेन्ट लुसियाका ने ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

बार्बाडोसका बलर हेडेन वाल्शले उत्कृष्ट बलिङ गर्दै बर्बाडोसलाई जित दिलाएका थिए । ३.४ ओभरमा २६ रन दिएर ४ विकेट लिएका वाल्शले यस सिजनको सिपिएलमा कुल १५ विकेट लिइसकेका छन् । त्यस्तै ह्यारी गुर्नीले ३ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १४१ रन बनाएको थियो । बार्बाडोसका लागि जोनसन चार्लिजले ४७ रन बनाए भने जस्टिन ग्रीभ्सले २७, शकिब अल हसनले २२ तथा जेपी डुमिनीले १३ रन बनाएका थिए ।

यो सँगै सेन्ट लुसिया प्लेअफमा पुग्न असफल भएको छ । १० खेलमा ७ अंक सहित सेन्ट लुसिया पाँचौ स्थानमा रहदै बाहिरिएको छ । जमैका तल्लावाहपछि सेन्ट लुसिया प्लेअफमा नपुग्ने दोस्रो टिम बनेको छ ।

त्यस्तै बार्बाडोस एक खेल खेल्न बाँकी हुदै प्लेअफमा पुगेको छ । ९ खेलमा ८ अंक हासिल गरेको बार्बाडोस चौथो स्थानमा छ भने प्लेअफका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *