सेभियासँग हारेपछि सोसिडाडले तालिकाको शीर्षमा पुग्ने अवसर गुमायो

डिसी नेपाल
१३ असोज २०७६ १०:४४

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सेभियाले रियल सोसीडाडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सेभियाले सोसीडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । सेभियाको जितमा नोलिटो लुकास ओकाम्पोस र फ्रान्को भाज्क्वेजले एक एक गोल गरेका थिए भने सोसीडाडका लागि मिकेल ओयारजाबाल र पोर्टूले एक एक गोल गरेका थिए ।

यो जितपछि सेभिया अंक तालिकामा छैठौ स्थानमा उक्लिएको छ । सेभियाको ७ खेलमा ४ जित, एक बराबरी र २ हारसहित १३ अंक रहेको छ । त्यस्तै रियल सोसीडाड भने यो हारसहित अंक तालिकामा शिर्ष स्थानमा जाने अवसरबाट चुकेको छ । ७ खेलमा १३ अंक बटुलेको सोसीडाड अंक तालिकामा १३ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *