दशैँको दोस्रो दिन पनि घट्यो सुन चाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । आज दशैँको दोस्रो दिन (सोमबार) पनि सुनको भाउ घटेको छ । हिजो आइतबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको भाउ आज सोमबार २ सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुन प्रतितोला ७० हजार तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत बिहिबार ८ सय, शुक्रबार २ सय घटेको सुनको भाउ आइतबार ६ सय घटेर छापावाल सुन ७० हजार २ सय तथा तेजावी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार हिजो चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment