भारतमा बन्दैछ विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम

डिसी नेपाल
१३ असोज २०७६ ११:५९

अहमदाबाद। विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम २०२० को जनवरीसम्म बनेर तयार हुनेछ । गुजरातको अहमदाबाद शहरको मोटेरामा यो मैदान बन्देछ । गुजरात क्रिकेट एसोसिएसनको अधिनमा बनाइएको यो स्टेडियमको ९० प्रतिशत काम भइसकेको छ । यसको निर्माणमा करिब ७०० करोड लागत परेको बताइएको छ ।

यो स्टेडियमको दर्शक क्षमता १ लाख १० हजार जना हुनेछ । यो विश्वको कुनै पनि क्रिकेट स्टेडियमको तुलनामा सबैभन्दा बढी हो । यो स्टेडियममा हरेक स्ट्याण्डमा फुड कोर्ट र हस्पिटालिटी एरिया तयार गरिएको छ । यसका अलावा क्रिकेट एकेडेमी पनि बनाइएको छ । यो भारतको पहिलो यस्तो स्टेडियम हो जसमा फिल्ड अफ प्ले एलइडी लाइटको व्यवस्था गरिएको छ । यसका अलावा यहाँ अत्यन्त आधुनिक पभेलियन र हाइटेक मिडिया बक्स तयार गरिएको छ । स्टेडियमको मुख्य पिच कालो र रातो माटोको मिश्रणबाट बन्नेछ । सबै अभ्यास पिच इनडोर हुनेछन् ।

स्टेडियममा १० हजार चार पाङग्रे सवारीको पार्किङ क्षमता हुनेछ । यहाँ ७५ एसी कर्पोरेट बक्स बनाइनेछन् । हरेक बक्समा २५ सिट हुनेछन् । यहाँ क्रिकेटका अलावा फुटबल, हकी, बास्केटबल, टेनिस जस्ता खेलको लागि यहाँ स्पोर्ट एकेडेमी पनि बन्नेछन् । साथमा अन्य २ क्रिकेट मैदान र साना पभेलियन एरिया पनि बनाइएका छन् । थ्रिडी प्रोजेक्ट थिएटर र टिभी रुमका साथमा क्लव हाउस पनि बनाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *