दुबइमा भयानक दुर्घटनामा ८ जनाको मृत्यु, मृत्यु हुनेमा एक नेपाली

डिसी नेपाल
१३ असोज २०७६ १६:४४

काठमाडौं। दुबइमा भएको भयानक सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पुलिसले दुर्घटनाको फोटो जारी गर्दै यसको जानकारी दिएको हो । मृत्यु हुनेमा एक जना नेपाली रहेको बताइएको छ । ती नेपालीको पहिचान भने खुलेको छैन ।

मिनी बसका चालकसहित यात्रुको मृत्यु भएको हो । मिनीबस रोकिराखेको ट्रकसँग ठोक्किएको बताइएको छ । घाइतेहरुलाई राशिद अस्पतालमा लगिएको खलीज टाइम्सको समाचारमा उल्लेख छ । दुर्घटनामा मृत्यु हुनेहरु फरक फरक एसियाली देशका भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *