९ वर्षपछि पाकिस्तानमा श्रीलंका र पाकिस्तानबीच खेल, श्रीलंकालाई ३०६ रनको लक्ष्य

डिसी नेपाल
१३ असोज २०७६ १९:४१

इस्लामावाद (एजेन्सी)। सोमबार ९ वर्षपछि पाकिस्तानमा श्रीलंका र घरेलु टिम पाकिस्तानबीच एक दिवसीय क्रिकेट भइरहेको छ। २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आतंकवादी आक्रमण भए यता श्रीलंका पहिलो पटक पाकिस्तान पुगेको हो।

सोमबार पाकिस्तानको कराचीमा जारी खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ७ विकेटमा ३०५ रन बनायो। पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट ब्याटिंग गरे। उनले ११ औं शतक बनाउनेक्रममा १०५ बलमा ११५ रन बनाए। यस्तै ओपनर फखर जमानले ५४ रनको योगदान दिँदा अन्तिममा इफ्तिखार अहमदले २० बलमा ३२ रनको आकर्षक इनिंग खेले। ह्यारिस सोहेलले ४० रनको योगदान दिएका थिए।

श्रीलंकाका लागि वानायुडु हरसुंगाले २ विकेट लिए भने इसुरु उदाना र लाहिरु कुमाराले एक एक विकेट लिए। श्रीलंकाका सिनियर खेलाडीले पाकिस्तान जान नमानेपछि अनुभवहिन श्रीलंकन टिम पाकिस्तान पुगेको छ। श्रीलंकन टिमको कप्तानी लाहिरु थिरिमानेले गरेका छन् भने पाकिस्तानी टिमको कप्तानी सर्फराज अहमद निरन्तर गरिरहेका छन्।

२००९ को आतंकवादी आक्रमणपछि विश्वका कुनै पनि टिमले पाकिस्तान जान नमानिरहेको बेला श्रीलंकन टिम पाकिस्तान पुगेपछि लामो समयदेखि पाकिस्तानमा क्रिकेट फर्किने अपेक्षा गरिएको छ। पाकिस्तानले यूएईमा आफ्नो होम ग्राउण्डका रुपमा क्रिकेट खेल्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *