सभामुख महारामाथि आरोप लगाउने महिलाले प्रहरीमा उजुरी नदिएको प्रहरीको भनाई

डिसी नेपाल
१३ असोज २०७६ २१:२३

काठमाडौं। सभामुख कृष्णबहादुर महरामाथि यौन दूव्र्यवहारको आरोप लागेको छ। संसद सचिवालयकी एक महिला कर्मचारीले महरामाथि आरोप लगाएकी हुन्। आइतबार राती ती महिलाले प्रहरी वृत्त बानेश्वरलाई यो विषयमा जानकारी गराएकी छन्।

आइतबार राती फोन आएपछि प्रहरी घटनास्थल पुगेको बानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले डिसी नेपाललाई बताए। उनले भने, ‘फोन आएपछि हामी त्यहाँ पुगौं र हामीले ती महिलालाई त्यस्तो हो भने भोली कार्यालयमा आएर रिपोर्ट गर्नु भन्यौं।’ तर, सोमबार ती महिला उजुरीका लागि नआएको उनले बताए।

भीभीआईपीसँग जोडिएको विषय भएकाले प्रहरीले पनि यो विषयमा खुलेर बोल्न मानेको छैन।

यो विषयमा सभामुख महराको सचिवालयले औपचारिक खण्डनको तयारी गरिरहेको सभामुख महराका प्रेस सल्लाहाकार डिल्ली मल्ले डिसी नेपाललाई बताएका थिए।

यो पनि पढ्नुहोस-

सभामुख महरामाथि यौन दूर्व्यवहारको गम्भीर आरोप

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *