प्रिमियर लिगमा युनाइटेड र आर्सनलको बराबरी

डिसी नेपाल
१४ असोज २०७६ ६:१३

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले आर्सनलसंग बराबरी खेलेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाईटेडले लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली युनाईटेडले ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएको थियो । पियरी एम्रिक अबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक खोस्न सफल रहे ।

सन् १९९८ पछि प्रिमियर लिगको सुरुवाती सात खेलमा सात भन्दा बढी गोल गर्ने अबुमियाङ आर्सनलको पहिलो खेलाडी बनेका छन् । गोलकिपर बर्नड लेनोले आर्सनलका लागि केही राम्रो बचाउ गरे । उनले मागुरी र मार्कोस रासफोर्डको उत्कृष्ट फ्रिकिकलाई बचाएका थिए ।

अंक बाड्न परेपछि घरेलु टोली युनाईटेड ९ अंक सहित तालिकाको १० औं स्थानमा छ । आर्सनल १२ अंक सहित तालिकाको चौथो स्थानमा छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *