लण्डनमा घृणाजन्य अपराध बढ्दो

डिसी नेपाल
१४ असोज २०७६ ६:१७

लण्डन । बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन्।

सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको एक तथ्याङ्कमा उल्लेख गरिएको छ। सन् २०११ देखि यस्ता घटना बढ्दै गएको पाइएको छ।

“लण्डन एसेम्ब्ली पोलिस एण्ड क्राईम कमिटि” ले यस्तो विवरण सार्वजनिक गरेको हो। लण्डनका मेयरले यस्ता घटना नियन्त्रण गर्न काम गर्नु पर्नेमा कमिटिले जोड दिएको छ।

सन् २०११ देखि अहिलेसम्ममा ८१ प्रतिशत भन्दा बढी यस्ता अपराध बढेको प्रतिवेदनमा उल्लेख गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *