नोबेल शान्ति पुरस्कार बिजेताद्वारा नेपालको शान्ति प्रकृयाको प्रशंसा

डिसी नेपाल
१४ असोज २०७६ ७:४६

दिली। नोबेल शान्ति पुरस्कार बिजेता तथा इस्ट टिमोरका पूर्व राष्ट्रपति जोसे रामोस होरताले नेपालको शान्ति प्रकृया तथा संबिधान निर्माणको सफलताको उच्च प्रशंसा गरेका छन्।

सोमबार इस्ट टिमोरको राजधानी दिलीस्थित निवासमा नेपाल सरकारका पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालसँगको भेटमा पूर्व प्रधानमन्त्री समेत रहेका होरता ले नेपालको सफलता आधुनिक विश्वमा नमुना रहेको बताए।

उनले नेपाली जनताले संघर्ष द्वारा प्राप्त परिबर्तनका उपलब्धिहरुको सस्थागत गर्दै तिब्र आर्थिक बिकासमा सरकार सफल रहोस भन्ने शुभकामना दिएकाे पूर्व मन्त्रि ढकालको सचिवालयले जानकारी दिएकाे छ।

केही समय अघि नेपालमा सम्पन्न एशिया प्यासिफिक समिटको प्रतिबेदन बुझ्दै उनले समिट एतिहासिक रुपमा सफल भएको भन्दै बधाई दिए।

इन्टरनेशनल एशोशियसन अफ पार्लियामेनटरियन फर पिस (आइएपिपि) एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल विश्वका विभन्न राजनेतासँग भेट्ने क्रममा सोमबार नोबेल शान्ति पुरस्कार बिजेता जोसे रामोस होरतासँग भेट्नु भएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *