जितको खोजिमा युभेन्ट्स

डिसी नेपाल
१४ असोज २०७६ १०:१४

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालियन क्लब युभेन्ट्सले आज बायर लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दैछ । इटालियन च्याम्पियन युभेन्ट्सले घरेलु मैदानमै जर्मन क्लब लिभरकुसेनको सामना गर्नेछ । समूह डी मा रहेका दुई टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स पहिलो जितको खोजीमा रहनेछ । युभेन्ट्सले पहिलो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेलेको थियो । पहिलो खेलमा १ अंक जोडेको युभेन्ट्स दोस्रो खेलमा भने स्पष्ट ३ अंकको खोजीमा हुनेछ । युभेन्ट्स समूहको तेस्रो स्थानमा छ ।

लिभरकुसेन भने पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा रुसी क्लब लोकमोटिभ मस्कोसँग २–१ ले स्तब्ध लिभरकुसेन युभेन्ट्सविरुद्ध जित वा कम्तिमा बराबरीको लक्ष्यमा हुनेछ । यसै समूहको अर्को खेलमा एट्लेटिकोले मस्कोसँग उसैको मैदानमा खेल्नेछ । एट्लेटिको पहिलो जितको खोजीमा रहदा मस्को लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *