राजीनामा दिने तयारीमा सभामुख महरा

डिसी नेपाल
१४ असोज २०७६ ११:०१

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने तयारी गरेका छन्।

सभामुख महराले मंगलबार नै राजीनामा दिने स्रोतले जनाएको छ। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

शीर्ष नेताको सुझावपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिने तयारी गरेको सभामुख निकट स्रोतले जानकारी दियो। सभामुखमाथि लागेको आरोपका विषयमा मंगलबार विहान नेकपा शीर्ष नेताबीच छलफल भएको थियो। शीर्ष नेताहरुले सभामुख महरालाई राजीनामा दिन सुझाव दिएपछि महराले राजीनामा दिने तयारी गरेका हुन्।

महराले राजीनामा नदिए महाअभियोग लाग्न सक्ने भएकाले राजीनामा दिन नेकपा शीर्ष नेताहरुले सुझाव दिएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी थिइन्। आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ।




प्रतिक्रिया

One thought on “राजीनामा दिने तयारीमा सभामुख महरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *