काठमाडौंमा पनि कमल थापाले जिते टेनिस उपाधी

डिसी नेपाल
१४ असोज २०७६ ११:३४

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित “नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -३” को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन्।

आज सातदोबाटो स्थित टेनिस कोर्टमा संचालित खेलमा राप्रपा अध्यक्ष समेत रहेका थापाले प्रतिद्वन्द्वी प्रदीप बहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन्।

यस अघि पोखरामा आयोजित खेलमा पनि ५५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै उपाधि थापाले जितेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *