अस्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा, टिममा दुई परिवर्तन

डिसी नेपाल
१४ असोज २०७६ ११:४५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि नेपालले टोलीको घोषणा गरेको छ। प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् ।

चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् । यसअघि पहिलो खेलमा कुवेतविरुद्धको २३ खेलाडी नै अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

ताइपेइविरुद्ध विमल राना र रवी सिलवाल प्रस्थान गर्ने भनेपनि रवी भिसा नआएका कारण नेपालमा नै रहेका थिए । प्रशिक्षक कालिनले कप्तान विराज महर्जन, भरत खवास लगायत खेलाडीलाई प्रशिक्षणमा नै समावेश गरेका थिएनन् ।

नेपाली टोलीः

गोलकिपर – किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्स – सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्ड – रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

फरवार्ड – विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *