२३ वर्षमा अञ्जली, भन्छिन् –‘कमजोरी सुधार्छु’

डिसी नेपाल
१४ असोज २०७६ १२:१६

काठमाडौं। मोडल अञ्जली अधिकारीको आज जन्मदिन हो। आजबाट आफू २३ बर्षमा प्रवेश गरेको अञ्जलीले डिसी नेपाललाई बताइन्।

अञ्जलीको जन्मदिनको अवसरमा उनलाई फ्यान तथा कलाकारहरुले सामाजिक संजालबाट शुभकामना दिइरहेका छन्। जन्मदिनमा परिवार, फ्यान तथा शुभचिन्तकको तर्फबाट बिहानैदेखि शुभकामना पाएको अञ्जलीले बताइन्। आफू बिहान सबेरै उठेर मन्दिर पुगेर फर्किएको पनि अञ्जलीले सुनाइन्।

‘धेरै कलाकारहरुले सरप्राइज दिने भन्नुभएको छ। अब उहाँहरुले बोलाएको ठाउँमा जानेछु’ उनले भनिन् –‘कलाकार, शुभचिन्तक तथा फ्यानहरुसंग जन्मदिन मनाउनेछु।’

जन्मदिनमा आफ्नो केही कमजोरी सुधार्ने अठोट छ की भन्ने डिसी नेपालको प्रश्नमा उनले भनिन् – ‘आफ्नो कामलाई निरन्तरता दिनेछु। आफूमा भएका कमीकमजोरीहरु सुधार्दै अगाडि बढनेछु।’ उनी आफूले यस क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछिन्।

विसं २०५४ सालमा बर्दियामा जन्मेकी अञ्जली लोकदोहोरी क्षेत्रकी अहिलेकी सबैभन्दा व्यस्त मोडल हुन्। ‘खरबारी’मा बोलको गीतबाट मोडलिङ यात्रा शुरु गरेकी अञ्जलीको ‘बोलमाया’बोलको गीत सार्वजनिक भएसंगै चर्चा एकाएक चुलियो। त्यसयता सार्वजनिक ‘गलबन्दी’गीतले त उनको चर्चालाई थप शिखरमा पुर्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *