गरगहना लुट्न महिलाको हत्या, ५ जना पक्राउ

डिसी नेपाल
१४ असोज २०७६ १५:३२

काठमाडौं। काठमाडौं महानगरपालिका–६ माहाँकाल सरस्वती नगरमा किराना तथा होटल संचालन गर्ने कपिलवस्तु वाणगंगा नगरपालिका–२ बैजलपुर घर भएकी ५५ वर्षीय कमला भन्ने हिरु केसीको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

केसीको गत भदौ ३१ गते हत्या भएको थियो। पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने ओखलढुंगा मनु गाउँपालिका–७ घर भएका ३१ वर्षीय आले भन्ने पासाङ तामाङ, काठमाडौं कपन बस्ने मकवानपुर छतिवन गाउँपालिका–४ घर भएका २७ वर्षीय सोमलाल थिङ, काठमाडौं भृकुटीचोक बस्ने रौतहट चन्द्रनिगाहपुर घर भएकी १९ वर्षीया पासाङ भन्ने सविना तामाङ, काठमाडौ नारायणटार बस्ने ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ घर भएका ३१ वर्षीय पासाङ शेर्पा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएका ३२ वर्षीय रामकृष्ण भन्ने बुद्धिमान कार्की रहेका छन्।

उनीहरुले केसीलाई ट्रामाडोल नाम गरेको नसालु औषधी खुवाई लटठ्याएर कुटपिट गरी हत्या गरी होटलभित्र रहेको सुनका गहनाहरु तथा नगद समेतका धनमालहरु खुन डाँका गरी फरार भएका थिए।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुमाथि महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *