सभामुखको राजीनामाबारे कांग्रेसको प्रश्न ‘यो कस्तो खालको राजिनामा हो ? प्रस्ट पारिदिनुपर्यो’

डिसी नेपाल
१४ असोज २०७६ १७:००

काठमाडौं। सभामुख पदबाट कृष्णबहादुर महराले दिएको राजीनामा पत्रलाई अझै प्रष्ट पार्न नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व तहलाई आग्रह गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लगेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराले दिएको राजीनामा पत्रमा समय छानबिन प्रकृया नसकिउन्जेलसम्मका लागि भनेर किटान गरे जसरी आएकाले त्यसलाई प्रष्ट पार्न कांग्रेसले आग्रह गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महराले पदबाट राजीनामा दिएको कि कार्यवाहक सुम्पेको? भन्दै प्रश्न उठाएका हुन् । राजीनामा दिने व्यक्तिले नै यति समयका लागि राजीनामा दिन्छु भनेर आफैँले समयावधि किटान गर्नु उचित नभएको पनि उनले बताए ।

राजीनामा पत्रमा छानबिन नसकिउन्जेल भनिएकाले अब छानबिन गर्न एक वर्ष लाग्यो भने पनि अहिलेको संसद सभामुखविहीन भएर कार्यवाहककै भरमा चल्ने हो भन्दै प्रश्न पनि गरे । यस्तै छानबिनबाट कुनै प्रकारको रिपोर्ट आएर जोगिए फेरि फर्कन्छु भन्ने मानसिकता अनुसार राजीनामा आएको हो कि भन्ने उनको प्रशन थियो । सभामुखमाथि लागेको आरोप दुःखद भएको भन्दै कांग्रेसले यो भन्दा पनि नारीहरु प्रतिको यस्ता खालका व्यवहार यो तहबाटै हुनु झनै गम्भीर विषय भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *