जिम्बाबेसँग फेरि पराजित भयो नेपाल (फाेटाेफिचर)

डिसी नेपाल
१४ असोज २०७६ २०:३२

काठमाडौं। सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेसँग नेपाल फेरि पराजित भएको छ।

१६१ रनको लक्ष्य पाएको नेपालले ९ विकेटमा १२० रनमात्र बनायो। शुरुदेखि नै विकेट गुमाएको नेपालका ब्याट्म्यानहरु कुनै पनि बेला खुलेर खेल्न सकेनन्।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। आरिफ शेखले २६ रन बनाए भने पारस खड्काले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। दिएको छ।

चुनौतीपूर्ण लक्ष्य पाएको नेपालले कमजोर ब्याटिंग गरेको छ। नेपालले पावर प्लेमै पारस खड्कसहित महत्वपूर्ण तीन विकेट गुमाएको थियो।

नेपालले पहिलो विकेट १ रनको स्कोरमा पवन सर्राफलाई गुमायो। तेस्रो स्थानमा ब्याटिंग गर्न आएका दिपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर ५ रन थियो। ६ औं ओभरमा छक्का हान्ने प्रयासमा पारस आउट भए। त्यसपछि नेपाल खेलमा फर्किनै सकने। नेपाल पहिला खेलमा पनि जिम्बाबेसँग पराजित भएको थियो।

जिम्बाबेका लागि कप्तान सन विलियम्सनले महत्वपूर्ण ३ विकेट लिए। यसअघि सिंगापुरको इण्डियन एसोसिएशन मैदानमा पहिला ब्याटिंग गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो। उसका लागि कप्तान सन विलियम्सनले सर्वाधिक ५३ रन बनाए।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २२ विकेट लिए। कप्तान पारस खड्का र अभिनाश बोहोराले ११ विकेट लिए।

सिंगापुरसहित सहभागी सिरिजमा नेपाल मंगलबार जिम्बाबेसँग पराजित भएपछि फाइनल दौड कमजोर भएको छ। जिम्बाबेको फाइनल पुग्ने सम्भावना बढेको छ।

जिम्बाबेले दुई खेल जितेको छ भने अन्य दुई टिम एक एक खेलमात्र जितेका छन्। पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो।

उता जिम्बाबे घरेलु टिम सिंगापुरसँग पराजित भएको थियो भने नेपालले सिंगापुरलाई पराजित गरेको थियो। अब नेपालले सिंगापुरसँग खेल्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *