रियलको बराबरी

डिसी नेपाल
१५ असोज २०७६ ६:३६

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित बेल्जियमको क्लब ब्रुगसँग २–२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्किएको थियो ।

सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो ।

त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए । यो बराबरीसँगै समूह ए को रियलले पहिलो एक अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३–० ले पराजित भएको थियो ।

२ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ । यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष र १ अंक जोडेको गालतासारे तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *