टोटेनहमको लज्जास्पद हार, वायर्नले प्रहार गर्‍यो आधा दर्जन गोल

डिसी नेपाल
१५ असोज २०७६ ६:५३

एजेन्सी । सर्जी जिनाब्रीको ह्याट्रिक सहयोगमा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनहमलाई लज्जास्पद हार चखाएको छ।

बायर्नले घरेलु टोटेनहममाथि ७–२ को फराकिलो जित निकालेको हो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन सन र ह्यारी केनले गोल गरे ।

टोटेनहमले शुरुवाती अग्रता जोगाउन नसक्दा लज्जास्पद हार बेहोरेको हो । खेलको १२औं मिनेटमा सनको गोलबाट घरेलु टोली टोटेनहमले खेलमा शुरुवाती अग्रता लिएको थियो । त्यसको ३ मिनेटपछि जोसुवा किम्मिचले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी सममा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ अग्रता लिएको थियो ।

दोस्रो हाफमा बायर्नले ५ गोल थप्दा टोटेनहमले १ गोल गर्न मात्रै सफल भयो । ५३औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ३–१ को स्थितिमा पु¥याए । त्यसको दुई मिनेटपछि नै जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न ४–१ ले अघि बढ्यो ।

६१औं मिनेमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्काउने संकेत दिएका थिए । ६ मिनेटको अन्तरमा बायर्नले ३ गोल गर्दै टोटेनहमलाई लज्जास्पद हार चखायो । ८३औं मिनेटमा विनाब्रीले ह्याट्रिक पुरा गरे । जिनाव्रीको गोल गर्ने क्रम अझै रोकिएन । ८७औं मिनेटमा अर्को गोल गरे । ८८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

जितसँगै समुह ‘बी’ मा बायर्नले ६ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । टोटेनहम १ अंकसहित पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *