पीएसजीको साँघुरो जित

डिसी नेपाल
१५ असोज २०७६ ७:३१

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले टर्किस क्लब गलातासारेलाई १–० ले पराजित गर्यो ।

पीएसजीले स्टर खेलाडी नेयमार, केलियन एम्बाप्पे र ईडिन्सन काभानीबिनै खेलको सुरुवात गरेको थियो । एम्बाप्पे बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका थिए ।

निलम्बनका कारण नेयमारले च्याम्पियन्स लिगको दोस्रो खेल समेत गुमाए । काभानी चोटका कारण मैदान बाहिर छन् । पीएसजीको जितमा ५२ औ मिनेटमा माको ईकार्डीले विजयी गोल गरे । यसैसिजन पीएसजी आएका ईकार्डीको क्लबका लागि पहिलो गोल हो ।

ईस्तानबुलमा भएको खेलमा जित निकाल्दै पीएसजीले च्याम्पियन्स लिगमा सतप्रतिशत जितको यात्रालाई कायम राखेको छ । विङ्गर एन्जल डी मारियाले पहिलो हाफमा गोलको राम्रो अवसर गुमाएका थिए ।

समुह एको शीर्ष स्थानमा रहेको पीएसजले दुई खेलमा ६ अंक जोडेको छ । गलातासारे १ अंक जोड्दै तेस्रो स्थानमा छ । समान एक अंक जोडेको स्पेनिस क्लब रियल मड्रिड तालिकाको पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *