रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

डिसी नेपाल
१५ असोज २०७६ ९:१३

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सले गोन्जालो हिग्युनको गोलबाट अग्रता लिएको थियो । जोनाथन ताहको गल्तीमा हिग्युनले १७ औ मिनेटमा उनले सिरि ए च्याम्पियनलाई अग्रता दिलाएका थिए ।

६१ औ मिनेटमा फेडेरिको बर्नार्डेस्कीले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन दुई मिनेट बाँकी छदाँ क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डीको शीर्ष स्थानमा रह्यो । लिभरकुसन अंक विहिन हुदै पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *